पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । सर्वोच्च अदालतको परमादेशपछि संविधानको धारा १६८ (३) अनुसार बुधबार मुख्यमन्त्री नियुक्त भएका पाण्डेलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथग्रहण गराएका हुन् ।
मुख्यमन्त्री पाण्डेले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । पाण्डेले विन्दुकुमार थापा र टकराज गुरुङलाई मन्त्री बनाएका छन् । थापाले सामाजिक विकास, उर्जा, जलस्रोत मन्त्रालय र लमजुङका गुरुङले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ जेठ २०८१, १९ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा मन्त्रिपरिषद् हेरफेर, नयाँ मन्त्रीहरूले लिए शपथ
अर्जुन कुमालको शतकमा लुम्बिनीविरुद्ध गण्डकीको सहज जित
गण्डकी प्रदेश सभा बैठक आज मन्त्रालयको सभाहलमा बस्दै
गण्डकीमा ७९ हजार बढी हेक्टरमा रोपाइँ
गण्डकी प्रदेश सभा बैठक बस्दै
भारतले गण्डकीका ७ स्वास्थ्य संस्थालाई दियो एम्बुलेन्स