अझै सामन्ती अवशेष र पितृसत्ता हाबी छ : अष्टलक्ष्मी शाक्य

सफल खबर संवाददाता

बुधबार, १६ जेठ २०८१, १५ : ४९
अझै सामन्ती अवशेष र पितृसत्ता हाबी छ : अष्टलक्ष्मी शाक्य

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले संघीय लोकतान्त्रिक गणतन्त्रमा पनि महिलाहरूलाई जिम्मेवारी, अधिकार र नेतृत्व दिने सवाल ओझेलमा परेको बताएकी छन् । 

बुधबार काठमाडौँमा आयोजित राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष शाक्यले समाजमा अझै सामन्ती अवशेष र पितृसत्ता हाबी भएकाले महिलाका सवालहरू ओझेलमा बताएकी हुन् ।

‘महिलाका सवालमा पछिल्लो संविधानले धेरै अधिकारहरू सुरक्षित गरेको छ । तरपनि संघीय लोकतान्त्रिक गणतन्त्रमा समेत सामन्ती अवशेष र पितृसत्ता हाबी नै छ’, उनले भनिन्, ‘अझै महिलाको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने जरुरी छ तर आत्तिनुपर्ने छैन । किन भने हाम्रै साथमा नेकपा एमाले छ ।’

उपाध्यक्ष शाक्यले समानुपातिक कोटा महिलाका लागि भएकाले प्रत्यक्षमा टिकट दिन सकिँदैन भन्ने सामन्ती र पितृसत्तात्मक चिन्तनका कारण महिलाहरू जनताका बिचमा नेतृत्वको पहिचान बनाउन चुनौती देखा परेको बताइन् ।

 

प्रतिक्रिया दिनुहोस