प्रतिनिधिसभा : अपहरण तथा हिंसाका घटना रोक्न सरकारको ध्यानाकर्षण

बुधबार, १० असोज २०७५, १८ : १९
प्रतिनिधिसभा : अपहरण तथा हिंसाका घटना रोक्न सरकारको ध्यानाकर्षण

काठमाडौँ  ।  प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा तराई/मधेश जिल्लामा बालबालिका अपहरण र महिला तथा किशोरीमाथि तेजाब प्रहार गर्ने घटना बढ्दै गएकामा चिन्ता व्यक्त गरिएको छ । 

शून्य समयमा बोल्ने सांसदले अपहरण तथा हिंसाका घटना रोक्न सरकारको ध्यानाकर्षणसमेत गराएका थिए । महिला हिंसा अन्त्य गर्ने विषयलाई विद्यालयको पाठ्यक्रममा समावेश गर्न, सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीका माग पूरा गर्न, ‘समृद्ध नेपाल, सुखी नेपाली नारा’लाई पूरा गर्न भौतिक पूर्वाधार तथा यातायात क्षेत्रको विकासमा ध्यान दिनुपर्ने उनीहरूको आग्रह थियो । 

उनीहरुले गत भदौ २७ गतेको अविरल वर्षाले लमजुङ र मनाङ जिल्ला जोड्ने यातायात अवरुद्ध भएको, चाडपर्वको मुखमा मूल्यवृद्धि भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन, नुवाकोट जिल्लास्थित त्रिशूली जिल्ला अस्पतालमा दरबन्दी अनुसारको चिकित्सक तथा औषधि एवं आवश्यक उपकरणको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । 

शून्य समयमा आफ्ना धारणा राख्नेमा दिलकुमारी रावल, दिव्यमणि राजभण्डारी, दुर्गाकुमारी विश्वकर्मा, देवप्रसाद गुरुङ, टेकप्रसाद तिमल्सिना, धर्मशीला चापागार्इं, नागेन्द्र कुमार, नारदमुनि राना, नारायणप्रसाद खतिवडा, पार्वती डिसी चौधरी, पार्वतीकुमारी विशङ्खे, प्रेमबहादुर आले र बालकृष्ण खाँण हुनुहुन्थ्यो । (रासस) 

प्रतिक्रिया दिनुहोस