मदिरा बेचविखनमा कडा कानुन ल्याउँदै प्रदेश सरकार

बुधबार, १० असोज २०७५, १८ : ०३
मदिरा बेचविखनमा कडा कानुन ल्याउँदै प्रदेश सरकार

चितवन । ३ नं प्रदेश सरकारले मदिरा नियन्त्रणको लागि कडा कानुन ल्याउने भएको छ । आज चितवनमा भएको स्थानीय जनप्रतिनिधिसँग प्रदेश सांसदको अन्तक्र्रिया कार्यक्रममा ३ नं प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री शालिग्राम जमरकट्टेलले प्रदेश सरकारले मदिरा बेचविखनमा अहिलेको भन्दा कडा कानुन ल्याउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘जहाँ पाए त्यही मदिरा पाउने प्रचलन रोकिनुपर्छ, अहिले त चिया पसलमा पनि मदिरा पाइएको छ, कपडा पसलमा पनि मदिरा पाइन्छ भन्ने पनि सुन्नमा आएको छ ।’ 
उहाँले ४० प्रतिशत खर्च नेपालीको मदिरामा गइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस्तो कहीँ पनि हुँदैन, जहाँ पाए त्यही मदिरा पाउने ठाउँ नेपाल भएको छ । इण्डियामा पनि निश्चित ठाउँमा मात्र मदिरा पाइन्छ, यहाँ त जुन पसलमा पनि मदिरा के हो यस्तो । उहाँले यस्तो अवस्थामा छिटै परिवर्तन हुने बताउनुभयो । 
कार्यक्रममा मन्त्री जमरकट्टेलले अब यस्तो अवस्था सधैँ नरहने बताउनुभयो । कार्यक्रममा प्रदेश सांसद घनश्याम दाहाल अविनाशले ठूलै मिसनमा नलागे मदिरा नियन्त्रण नहुने बताए । माडी नगरपालिका प्रमुख ठाकुर ढकाल, रत्ननगर उपप्रमुख विमला दुवाडी, इच्छाकामना गाउँपालिका प्रमुख गीता गुरुङलगायतले मदिराको विषयमा मन्तव्य दिएका थिए ।   

प्रतिक्रिया दिनुहोस