काठमाडौं। काठमाडौँ महानगरपालिका–१५ स्वयम्भुस्थित भगवानपाउमा बा५ख १४७१ नम्बरको टिपरले ठक्कर दिँदा गम्भीर घाइते भएका एक जना साइकल यात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गोरखाको अजिरकोट गाउँपालिका घर भई हाल काठमाडौँ महानगरपालिका–१५ स्वयम्भु बस्ने ३० वर्षीय विकास नेपाली रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
उनले भने, “डल्लुबाट भगवानपाउतर्फ जाँदै गरेको टिपरले सोही दिशातर्फ जाँदै गरेको साइकललाई आज ठक्कर दिँदा निज नेपाली घाइते भएका थिए, उनलाई उद्धार गरी उपचारका लागि मनमोहन अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो ।”
ठक्कर दिने टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रवक्ता अधिकारीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ जेठ २०८१, १५ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ग्वार्कोको गेस्ट हाउसमा अचेत फेला परेकी युवतीको मृत्यु
चितवनमा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
पश्चिम नवलपरासीमा सर्पको टोकाइबाट ४ वर्षीय बालकको मृत्यु
फिलिपिन्समा ताइफु आँधीका कारण २२ को मृत्यु
एक वर्षमा एक हजार ३४६ युवाको मृत्यु
भीरबाट खस्दा २२ वर्षीया युवतीको मृत्यु