काठमाडौं। नयाँ दिल्ली– प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार पपुवा न्युगिनीमा पहिरोमा परी ज्यान गुमाउने सङ्ख्या करिब ६७० जनाका परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
प्रधानमन्त्री मोदीले पपुवा न्युगिनीमा भएको घातक पहिरोबाट ज्यान गुमाएको र क्षति भएकोमा दुःख व्यक्त गरे । उनले यस दु:खद् घडीमा भारत सबै सम्भव सहयोग गर्न तयार रहेको कुरामा जोड दिए ।
पपुवा न्युगिनीमा विनाशकारी पहिरोबाट भएको मानवीय र अन्य क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौँ । हामी पीडित परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ र घाइतेको शीघ्र स्वास्थ्य लाभको लागि प्रार्थना गर्दछौँ । भारत सबै सम्भव सहयोग प्रदान गर्न तयार छ, प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समार्फत भने ।
गत हप्ता शुक्रबार उत्तरी पपुवा न्युगिनीको पहाडी क्षेत्र एन्गामा विनाशकारी पहिरो गएको हो । देशमा आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आईओएम)का मिसन प्रमुखको अनुमानअनुसार पहिरोमा परी ६७० जनाको ज्यान गएको बताएका छन् । तर पपुवा न्युगिनीको विपद् एजेन्सीको पछिल्लो प्रक्षेपणअनुसार यो आकलन कम हुन सक्ने बताएका हुन् ।
‘पहिरोमा दुई हजारभन्दा बढी मानिस पुरिएका छन्, खेतीयोग्य जमिन तथा भवन विनाश भएका छन् । देशको अर्थतन्त्रमा ठूलो असर पारेको छ,’ राष्ट्रिय विपद् केन्द्रका कार्यवाहक निर्देशक लुसेट लासो मानाले संयुक्त राष्ट्र सङ्घलाई लेखेको पत्रमा जानकारी गराए ।
‘स्थिति अस्थिर छ, पहिरो बढ्दै गइरहेको छ, जसले उद्धार टोली र बाँचेका दुवैका लागि जोखिम छ,’ उनले भने ।अधिकारीका अनुसार यम्बली गाउँका एक सय पचासभन्दा बढी घर भासिएका छन् र यस क्षेत्र चरम जोखिममा रहेको छ बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ जेठ २०८१, १४ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तेस्रो पटक साउदी पुगे भारतीय प्रधानमन्त्री मोदी
भारतीय प्रधानमन्त्री मोदी साउदी अरब भ्रमणमा जाँदै
श्रीलंकामा मोदीले गरे रेलवे स्टेशनको उद्घाटन
हसिनालाई बंगलादेश सुपुर्दगी गर्न मोदीलाई युनुसको आग्रह
भावी पुस्ताका लागि पानीको रक्षा गरौं : प्रधानमन्त्री मोदी
आगामी महिना श्रीलङ्का जाँदैछन् मोदी ?