काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले व्यवस्थासँगै अवस्था बदलिन नसक्दा निराशा र आक्रोश बढेको बताएका छन् । गणतन्त्र दिवसका अवसरमा समाजिक सञ्जालमार्फत् शुभकामना सन्देश जारी गर्दै थापाले दोष व्यवस्थाको नभई व्यवस्था चलाउने पात्र र प्रवृतिको भएको बताएका हुन् ।
बदलिन र बदल्न, सच्चिन र सच्याउन पर्ने थुप्रै विषय भएको भन्दै आशा र भरोसाका लागि डेलिभरी दिनुपर्ने, थिति बसाल्नुपर्नेछ, समीक्षा र प्रण गर्नुपर्ने उनको भनाइ छ ।
'आज १७औं गणतन्त्र ! व्यवस्थासँगै अवस्था बदलिन नसक्दा निश्चय नै निराशा र आक्रोश बढेको छ। दोष व्यवस्थाको होइन व्यवस्था चलाउने पात्र र प्रवृतिको हो,' उनले भने, 'बदलिन र बदल्न, सच्चिन र सच्याउन पर्ने थुप्रै विषय छन् । आशा र भरोसाका लागि डेलिभरी दिनुपर्नेछ, थिति बसाल्नुपर्नेछ । समीक्षा र प्रण गरौं ।'
निराशाको तावामा विभिन्न आवरणमा व्यवस्थामाथि आगो सल्काउन खोज्नेहरूप्रति सचेत रहँदै लोकतान्त्रिक गणतन्त्रलाई थप उन्नत र देशलाई समुन्नत बनाउनु आजको आवश्यकता रहेको उनले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ जेठ २०८१, १३ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
०८३ को मङ्सिर भन्दा अगाडि नै पार्टीको महाधिवेशन हुन्छ: महामन्त्री थापा
संसद् आजैदेखि खुल्छ : महामन्त्री थापा
पूर्वप्रधानमन्त्री नेपालमाथिको मुद्दा सम्मानपूर्वक निरुपण हुनुपर्छ : महामन्त्री थापा
आम निर्वाचनअघि नै पार्टीको महाधिवेशन हुन्छ: महामन्त्री थापा
यो सरकारलाई तीन वर्ष सहज ढंगले चल्न दिनुपर्छ : गगन थापा
कृषि विधेयकमा कृषिको जैविक विविधताको विषयहरू समेटिनुपर्छ : महामन्त्री थापा