काठमाडौँ । चालु आर्थिक वर्षमा १ लाख ७३ हजार नागरिकले राष्ट्रिय परिचयपत्र लिएका छन् । चालु आर्थिक वर्ष २०७९–०८० मा सरकारले २० लाख नागरिकलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने घोषणा गरेपनि १ लाख ७३ हजारले मात्रै परिचयपत्र लिएको महालेखा परीक्षकको ६१ औँ प्रतिवेदनमा उल्लेख छ ।
२०८० साउनपछिको १ वर्षमा नुवाकोटमा निर्माणाधीन केन्द्रीय कारागार सहित १० कारागारको निर्माण गर्ने लक्ष्य राखे पनि एउटा मात्र कारागारको निर्माण पुरा भएको छ ।
क्षेत्रीय कारागार बाँकेको निर्माण पुरा भएको र नुवाकोटमा निर्माणाधीन कारागार अन्तिम चरणमा रहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ जेठ २०८१, १३ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपल्लो मुस्ताङको चराङ र लोमान्थाङमा राष्ट्रिय परिचयपत्र वितरण
राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउँछौ : सञ्चारमन्त्री गुरुङ
राष्ट्रिय परिचयपत्र पालिका तहबाट वितरण गर्ने तयारी
राष्ट्रिय परिचयपत्र बनाउनेको भीड
पेन्सनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य, तीन चरणमा लागू हुने गरी निर्णय