रेमल चक्रवातका कारण भारत र बङ्गलादेशमा १६ जनाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, १५ जेठ २०८१, १० : ५८
रेमल चक्रवातका कारण भारत र बङ्गलादेशमा १६ जनाको मृत्यु

नयाँ दिल्ली । रेमल चक्रवातका कारण भारत र बङ्गलादेशमा कम्तीमा १६ जनाको मृत्यु भएको छ । चक्रवातले यी दुई देशका तटीय क्षेत्रमा विध्वंस गरेको छ । मुसलधारे वर्षाका कारण कयौं क्षेत्र डुबानमा परेका छन् । बङ्गलादेशमा ८४ लाख भन्दा धेरै मानिस चक्रवातको चपेटामा आएको बताइएको छ ।

चक्रवातका कारण बङ्गलादेशमा कम्तीमा १० जनाको मृत्यु भएको विपद् व्यवस्थापन प्रमुख मिजानुर रहमानले भनेका छन् । केहीको मृत्यु आश्रय स्थलमा जाने क्रममा मृत्यु भएको बताइएको छ । केहीको मृत्यु भने पर्खाल भत्किएर वा बाढीमा परेर भएको बताइएको छ ।

बंगलादेशका १९ जिल्लामा ३५ हजार घरहरू क्षतिग्रस्त भएका छन् । अरु १ लाख १५ हजार घरहरू भने आंशिक रुपमा क्षति पुगेको बताइएको छ ।

भारतको पश्चिम बंगाल राज्यमा चार जनाको करेन्ट लागेर मृत्यु भएको थियो । योसँगै मर्नेको संख्या सो राज्यमा ६ जना पुगेका छन् । बंगलादेश र भारतमा गरेर झन्डै १० लाख मानिसहरूलाई सुरक्षित स्थलमा सारिएको छ ।  

प्रतिक्रिया दिनुहोस