गृहमन्त्रीलाई अब संसद् र सडकबाट बहिस्कार गर्नुपर्छ : सभापति बानियाँ

सफल खबर संवाददाता

आइतबार, १३ जेठ २०८१, १५ : ४८
गृहमन्त्रीलाई अब संसद् र सडकबाट बहिस्कार गर्नुपर्छ : सभापति बानियाँ

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले संसदीय छानबिन समिति गठन नभए गृहमन्त्री रवि लामिछानेलाई बहिस्कार गर्नुपर्ने बताएका छन्।

आइतबार पार्टीले आयोजना गरेको सहकारी ठगीविरुद्धको विरोध प्रदर्शनमा उनले जनताको पैसामाथि बेइमानी गर्नेहरू कांग्रेसका लागि स्वीकार्य नभएको बताए । ‘जनताको पैसामाथि बेइमानी गर्ने जोगिनु हुँदैन ।

संसदीय छानबिन समिति गठन नभए कांग्रेस संसद् बहिस्कार गर्नुपर्छ । सहकारी ठग गृहमन्त्री रवि लामिछानेलाई संसद् र सडकबाट बहिस्कार गर्नुपर्छ,’ उनी भन्छन् ।सहकारी ठगलाई जोगाउन एमाले लागिराखेको भन्दै यो रहस्यमय भएको उनको भनाइ छ ।

‘केपी शर्मा ओलीका मान्छे सहकारी ठगीमा जेल जाने भएपछि रविलाई जोगाउने काम भएको छ । मान्छे मार्नेहरू सरकारमा छन् । हामी जनता बचाउन सडकमा आएका हौँ । देशमा अप्ठ्यारो हुँदा गृहमन्त्री देश जोडेर माग्नु भयो ।

ग्यालेक्सी टिभीमा अप्ठ्यारो हुँदा सबै कुम्ल्याएर भाग्नु भयो । त्यो लुकाउन राजनीतिमा आउनु भएको छ,’ उनले भने ।संसदमा बलजब्त्ती गरिए सबै ठाउँबाट कांग्रेसले प्रतिवाद गर्ने उनको भनाइ छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाटै गणतन्त्र खतरामा परेको बानियाँले बताए ।

प्रतिक्रिया दिनुहोस