काठमाडौ । विपक्षी दल नेपाली कांग्रेसले आज काठमाडौँमा विरोध प्रदर्शन गर्न लागेको छ । सङ्घीय संसद्मा निरन्तर अवरोध गर्दै आएको कांग्रेसले सडकमा पनि प्रदर्शन गर्न लागेको हो ।
सहकारी ठगीका आरोपित उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसहित ठगीमा संलग्नहरूलाई कारबाही र सर्वसाधारणको बचत फिर्ताको माग गर्दै कांग्रेस सडकमा आउन लागेको प्रवक्ता प्रकाश शरण महतले जानकारी दिए ।
जसअनुसार कांग्रेस काठमाडौँ उपत्यकाका १५ वटै निर्वाचन क्षेत्रमा केन्द्रीय समितिबाट प्रतिनिधि खटिएका छन् ।
काठमाडौँको प्रदर्शनी मार्गमा दिउँसो १ बजे हुने विरोध कार्यक्रमलाई भव्य बनाउन काठमाडौँ, ललितपुर र भक्तपुरका १५ वटै निर्वाचन क्षेत्रका क्षेत्रीय समिति, भ्रातृ संस्था र शुभेच्छुक संस्थाहरूले तयारी गरेका छन् ।
सहकारीको बचत अपचलन गरेको आरोप लागेका गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै आएको कांग्रेसले बजेट अधिवेशन सुरु भएयता सङ्घीय संसद्का सबै बैठकमा अवरोध गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ जेठ २०८१, ०७ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
काँग्रेस सभापति थापा पोखरामा
देश विकासको भिजन समेटिएको घोषणा पत्र तयार हुँदैछ : कांग्रेस महामन्त्री
चुनावमै देखिएनन देउवा, खड्का र सिंह, कांग्रेसमा आफ्नै भित्र अन्तरघातको आशंका
सर्लाही-४ केन्द्रित अध्ययनका लागि विषयगत टोली गठन
काँग्रेस पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम किन भयो स्थगित ?