काठमाडौँ । पाकिस्तानले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ ।
आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि पाकिस्तानले बाबर आजमको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।
विश्वकप खेल्ने पाकिस्तानी टिममा बाबर आजम (कप्तान), अबरार अहमद, आजम खान, फखर जमान, हरिस रोउफ, इफ्तिखार अहमद, इमाद वासिम, मोहम्मद अब्बास अफ्रिदी, मोहम्मद आमिर, मोहम्मद रिजवान, नसीम शाह, साइम अयुब, शादाब खान, शाहीन शाह अफ्रिदी तर उसमान खान रहेका छन् ।
टी-२० विश्वकपमा पाकिस्तान समुह ए मा रहेको छ । समुह ए मा पाकिस्तानसहित भारत, क्यानडा, आयरल्याण्ड र अमेरिका रहेका छन् ।
पाकिस्तानले विश्वकपमा पहिलो खेल जुन ६ मा आयोजक अमेरिकाविरुद्ध खेल्ने तालिका रहेको छ । त्यस्तै दोस्रो खेल चीरपरिचित प्रतिद्वन्दी भारतसँग जुन ९ मा हुने छ भने तेस्रो खेल क्यानडासँग जुन ११ मा खेल्ने छ । त्यस्तै समुह चरणको चौथो तथा अन्तिम खेल जुन १६ मा आयरल्याण्डसंग खेल्ने तालिका रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ जेठ २०८१, १० : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तान एसिया कपको च्याम्पियन, भारतको १९१ रनले पराजित
पाकिस्तानी सीमा पार गर्ने भारतीय नागरिक पक्राउ
पाकिस्तानका पूर्व गुप्तचर प्रमुखलाई १४ वर्षको जेल सजाय
पाकिस्तानमा फेरि ‘आतंकवादी’ हमला
पाकिस्तानले अफगानिस्तानमा फेरि गर्यो हवाई हमला, १० जना मारिए : तालिबान
अफगानिस्तान-पाकिस्तान शान्ति वार्ता पुनः असफल