काठमाडौं। राष्ट्रिय सभाको आजको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ ।आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उठेर विरोध जनाएपछि आजको बैठक सञ्चालन हुन नसकेको हो ।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठक सञ्चालनका लागि सहजीकरण गर्न प्रतिपक्ष दलहरुलाई आग्रह गरेका थिए ।'संसद्मा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल नै हुन पाएको छैन ।
जनताले चाहेको र खोजेको विषयमा हामीले काम नै गर्न पाएका छैनौं । बजेट प्रस्तुत हुने दिन आइसक्यो । संसद्को गतिरोध अन्त्य गर्ने विषयमा राष्ट्रिय सभा अझ बढी जिम्मेवार बन्नुपर्ने र सोच्नुपर्ने बेला आएको छ', उनले भने ।
त्यसपछि पनि प्रतिपक्षको विरोध कायमै रहेपछि आजको बैठक स्थगित भएको उनले जानकारी दिए ।सभाको अर्को बैठक यही जेठ १३ गते आइतबार बिहान ११ः३० बजे बस्ने गरी स्थगित भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ जेठ २०८१, १४ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभा बैठकका लागि व्यवस्थापन गरिँदै ३० लाखमा हल
राष्ट्रिय सभा बैठक सर्यो
राष्ट्रिय सभा बैठक शून्य समयमा सांसदको प्रश्न , ‘बाहेक’ भन्ने शब्द कसले कहाँबाट किन थप गरे जवाफ चाहियो
राष्ट्रिय सभा बैठक सुरु
राष्ट्रिय सभाको भोलिको बैठकका चार कार्यसूची तय
विरोधका बीच राष्ट्रिय सभा बैठक चलाउने तयारी