काठमाडौँ । नेपाल प्रहरीका १४९ जना प्रहरी निरीक्षक दीक्षित भएका छन् । आधारभूत तालिम पुरा गरेर उनीहरू दीक्षित भएका हुन् । दीक्षित हुनेमा १८ जना महिला र १३१ जना पुरुष छन् ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा शुक्रबार आयोजित दीक्षान्त समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रथम, द्वितीय र तृतीय पुरस्कार प्रदान गरेका छन् । प्रशिक्षार्थी प्रहरी निरीक्षक पवन कुमारा परियार प्रथम, सगुन खड्का द्वितीय र आयुष ढुङ्गानाले तृतीय पुरस्कार प्राप्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ जेठ २०८१, १४ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त : तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित
पोखरा विश्वविद्यालयबाट सात हजार ८७२ विद्यार्थी दीक्षित
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका ४३ जना दीक्षित
त्रिविका १४ हजार बढी विद्यार्थी दीक्षित हुँदै