काठमाडौं । नेकपा एकीकृत समाजवादीले संसद्को गतिरोध अन्त्यका निम्ति पहल गर्ने निर्णय गरेको छ । बिहीबार बसेको सचिवालय बैठकले संसदको गतिरोध अन्त्य गर्न प्रतिपक्ष नेपाली कांग्रेससहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’तथा गृहमन्त्री रवि लामिछानेसँग छलफल गर्ने निर्णय गरेको हो ।
अहिलेसम्म संसदको गतिरोध अन्त्य बारे बोलाइएका छलफलमा एकीकृत समाजवादीलाई सामेल गराइएको छैन । सचिवालय बैठकले पार्टीको महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेज जेठ १५ गते जिल्लामा पठाउने निर्णय गरेको छ ।
एकीकृत समाजवादीले महाधिवेशन आउँदो असार १६ देखि २० काठमाडौंमा गर्ने तय गरेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० जेठ २०८१, १९ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपाको केन्द्रीय समितिमा एकीकृत समाजवादीबाट ५५ नेता समेटिए (सूचीसहित)
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकियो, माओवादीसँग एकता गर्ने निर्णय