सम्पदा र संस्कृतिलाई पुरानो शैलीमा लैजाँदा व्यापार व्यवसाय झनै बढ्छः बालेन शाह

सफल खबर संवाददाता

विहीबार, १० जेठ २०८१, ११ : २९
सम्पदा र संस्कृतिलाई पुरानो शैलीमा लैजाँदा व्यापार व्यवसाय झनै बढ्छः बालेन शाह

काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सम्पदाको निर्माण पुरातन शैलीमा नै गर्नुपर्ने बताएका छन् ।बिहीवार काठमाडौंको थायमरुस्थित रत्नकेतु महाबिहार पुनःनिर्माण उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

मेयर साहले काठमाडौं उपत्यकामा सम्पदाहरुको पुनः निर्माण गर्दा पुरानो शैलीलाई नै महत्व दिएर बनाउनुपर्नेमा जोड दिए । उनले पुरानो शैलीमा सम्पदाहरुको पुनः निर्माण गर्दा व्यापार व्यवसाय घट्ने नभइ झनै बढेर जाने बताए । उनले सभ्यता बढेपछि व्यापार र जीवनशैली बढ्ने बताए ।

मेयर साहले सम्पदा पुनःनिर्माणका लागि आवश्यक बजेट एकैपटक माग्न पनि वडा अध्यक्षहरुसँग आग्रह गरे । महानगरपालिकाले सम्पदा पुनःनिर्माणको लागि एकै पटक सबै बजेट माग्दा दिँदैन कि भन्ने आशंका नगरी एकैपटक बजेट मागेर सबै पुनःनिर्माणका कामहरु एकैपटकमा सम्पन्न गर्नेगरी काम गर्न उनले आग्रह गरे । 

प्रतिक्रिया दिनुहोस