काठमाडौं ।अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमा संघीय संसद् सचिवालयलाई प्राथमिकता दिने बताएका छन्। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल लगायतले बुधवार सिंहदरबारमा आयोजना गरेको बजेटसम्बन्धी छलफलमा उनले सो प्रतिवद्धता व्यक्त गरेका हुन्।
बैठकमा सभामुख घिमिरेले संघीय संसद सचिवालयको काम कारबाहीलाई प्रभावकारी बनाउन पनि सरकारले आगामी आर्थिक वर्षको बजेटमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए।
त्यसको जवाफमा अर्थमन्त्री पुनले संघीय संसद् सचिवालयको आवश्यकतालाई सम्बोधन हुनेगरी प्राथमिकताका साथ आगामी आर्थिक वर्षको बजेट आउने प्रतिबद्धता व्यक्त गरेको बैठकमा सहभागी प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले जानकारी दिए।
सो असरमा संघीय संसद् सचिवालयका अधिकारीहरुले सवारी साधनसमेत काम नलाग्ने अवस्थामा पुगेको उल्लेख गर्दै आगामी आर्थिक वर्षको बजेटमा नयाँ सवारीसाधन खरिद हुनेगरी बजेटको व्यवस्था गर्न पनि अर्थमन्त्री पुनसँग अनुरोध गरेका थिए।
सभापति खानले संसदीय समितिका सांसदहरु र कर्मचारीहरुले संघीय संसद् सचिवालयको कामलाई प्रभावकारी हुनेगरी बजेटको व्यवस्था गर्न अर्थमन्त्री पुनको ध्यानाकर्षण गराएका बताए।
उनले भने, ‘अर्थतन्त्रको कुरा छ। सिलिङको विषयमा अर्थ मन्त्रालयले के कसरी गरिराखेको छ? त्यो विषय आज छलफल भयो। र, यसमा सम्माननीय सभामुखज्यूले पनि, कर्मचारी साथीहरुले र सभापतिज्युहरुले पनि यो संघीय संसद सचिवालयलाई कसरी चुस्तदुरुस्त बनाउन सकिन्छ, यसमा बजेटको अभाव हुन नदिन के गर्न सकिन्छ ? हामीले पठाएको सिलिङ कुन प्रकारको बजेटमा आउँदै छ? भन्ने कुराहरु राख्नुभयो। यो भित्र भएका जति पनि शाखाहरु छन्। ती शाखाहरुले के कारणले राम्रो काम गर्न सकिरहेका छैनन? सवारी साधनहरु धेरै पुराना भए। तिनलाई कसरी मर्मत सम्हार गर्ने र नयाँ कसरी किन्ने ? यो विषयमा कर्मचारी साथीहरुबाट पनि र हाम्रा माननीयजीहरुबाट कुरा उठयो। त्यसमा माननीय अर्थमन्त्रीज्युले आउने बजेटमा चाहीँ यो कुरालाई हामी सम्बोधन गर्छौ। र, सकभर संघीय संसद सचिवालयको बजेटको जुन सिलिङ छ। यो सिलिङलाई एकदम प्राथमिकताका साथ राखेर आउने बजेटमा यो सम्बोधन गर्छौं भन्ने कुरा उहाँले राख्नु भयो। सचिवज्यूले पनि त्यही कुरा राख्नुभयो।’
छलफलमा प्रतिनिधिसभा उपसभामुख इन्दिरा राना, अर्थसचिव मधुकुमार मरासिनी लगायतका उपस्थिति थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ जेठ २०८१, १९ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री
अर्थमन्त्री वाग्लेले किन यस्तो भने : ‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र म माथि आक्रमण भयो'
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफलमा उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने
अर्थमन्त्री वाग्लेले पत्रकारहरूसँग अन्तरक्रिया गर्ने
राष्ट्रपतिसमक्ष आगामी बजेटबारे अर्थमन्त्रीको औपचारिक ब्रिफिङ
प्रतिनिधिसभा बैठक बस्दै, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने