जनता बैंक नेपालद्वारा दुई विद्यालयलाई कम्प्युटर र प्रोजेक्टर हस्तान्तरण

सफल खबर संवाददाता

मंगलबार, ०९ असोज २०७५, १५ : ३४
जनता बैंक नेपालद्वारा दुई विद्यालयलाई कम्प्युटर र प्रोजेक्टर हस्तान्तरण

दार्चुला । जनता बैंक नेपाल लिमिटेडद्वारा दार्चुला जिल्लाको दुँहु गाउँपालिकामा अवस्थित जनविकास माध्यमिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरिएको छ । संस्थागत सामाजिक  उत्तरदायित्व अन्तर्गत उक्त विद्यालयलाई ४ थान कम्प्युटर हस्तान्तरण गरिएको हो । बैंकका दार्चुला शाखा प्रमुख प्रकाशदत्त भट्टले एक समारोहकाबीच विद्यालयका प्रधानाध्यापक गीता कुँवरलाई उक्त सामाग्री हस्तान्तरण गर्नुभएको हो । दार्चुला जिल्लाको विकट क्षेत्रमा रहेको उक्त विद्यालय सदरमुकाम खलंगाबाट ४ घण्टाको पैदल दुरीमा रहेको छ । 

कम्प्युटर हस्तान्तरण कार्यक्रममा विद्यालयकी प्रध्यानाध्यापक गीता कुँवरले जनता बैंकको सहयोग विकट क्षेत्रमा रहेको विद्यालयका विद्यार्थीहरुको कम्प्युटर सिकाईलाई प्रभावकारी बनाउन महत्वपूर्ण रहने विचार व्यक्त गर्नुभयो ।

लमजुङको विद्यालयलाई शैक्षिक सामाग्रीहस्तान्तरण 
जनता बैंक नेपाल लिमिटेडले लमजुङको बेशीसहर नगरपालिका वडा नं. १, राम चोक बेशीमा अवस्थित श्री बालविकास आधारभुत विद्यालयलाई प्रोजेक्टर हस्तान्तरण गरेको छ । विद्यालयमा आयोजित एक कार्यक्रममा बैंकको सञ्चालक समिति अध्यक्ष केशवबहादुर रायमाझीले उक्त सामाग्री विद्यालय व्यवस्थपन समितिका अध्यक्ष प्रेम सेढाईलाई हस्तान्तरण गर्नुभयो । संविधान–सभा सदस्य जमिन्द्रमान घलेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा बैंकका अध्यक्ष रायमाझीले विद्यालय शिक्षालाई आधुनिक प्रविधिसँग जोड्न उक्त सहयोग महत्वपूर्ण रहने बिचार व्यक्त गर्नुभयो ।
जनता बैंकले  संस्थागत सामाजिक उत्तरदायित्वमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखिकार्य गर्दै आइरहेको छ । 

बैंकले हाल देश भरीबाट १ सय २३ शाखा, ४० शाखा रहित बैंकिङ, ७१ एटिएम, २ सिमित्त बैंकिङ्ग एकाई र २ एक्स्टेन्सन काउन्टरबाट वित्तीय सेवा प्रदान गरिरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस