विराटनगर। मोरङमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलबारी नगरपालिका ९ बैराखुनीका ३७ वर्षीय अनिल शेर्पा छन् ।
घर नजिकै रहेको कुखुरा फार्ममा पंखा जोड्ने क्रममा उनलाई मंगलबार करेन्ट लागेको थियो ।
करेन्ट लागेर घाइते भएका उनको उपचारको क्रममा नोवेल अस्पताल विराटनगरमा मृत्यु भएको हो ।
थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ जेठ २०८१, ११ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
करेन्ट लागेर एक जनाको मृत्यु
माछा मार्ने क्रममा करेन्ट लागेर २ जनाको मृत्यु
भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु
करेन्ट लागेर महिलाको मृत्यु
करेन्ट लागेर रौतहटमा एक युवकको मृत्यु
करेन्ट लागेर एक कर्मचारीको मृत्यु