काठमाडौं। वासिङ्टन डीसी–संयुक्त राज्य अमेरिकाका सांसदहरूले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गिरफ्तारी आदेश जारी गरेमा उसलाई प्रतिबन्ध लगाउने विचार गरिरहेको अमेरिकी सदनका अध्यक्ष माइक जोनसनले बताएका छन् ।
‘ह्वाइट हाउस नेतृत्वको अनुपस्थितिमा काङ्ग्रेसले आईसीसीलाई यस्तो कदम चाले यसको नेतृत्वले परिणाम भोग्नुपर्ने सुनिश्चित गर्दै प्रतिबन्धसहित सबै सजायका विकल्पहरूको समीक्षा गरिरहेको छ,’ अमेरिकी सदनका अध्यक्षले सोमबार एक विज्ञप्तिमा भने । आईसीसीको इजरायल वा संयुक्त राज्य अमेरिकामा कुनै अधिकार छैन, र आजको आधारहीन र अवैध निर्णयले विश्वव्यापी निन्दाको सामना गर्नुपर्नेछ,’ उनले थप भने ।
आईसीसीका प्रमुख अभियोजक करिम एए खानले मे २० मा गाजामा हमासविरुद्ध इजरायलको सात महिना पुरानो युद्धका क्रममा मानवता विरुद्ध अपराधको आरोपमा प्रधानमन्त्री नेतान्याहु र इजरायली रक्षामन्त्री योव गालान्ट साथै हमासका तीन शीर्ष नेता–याह्या सिनवर, मोहम्मद देइफ र इस्माइल हानियाहविरुद्ध गिरफ्तारी आदेश आवेदन दायर गर्ने घोषणा गर्नुभएको थियो । रिपब्लिकन सांसदहरूले सोमबार आईसीसीलाई प्रतिबन्ध लगाउन संयुक्त राज्यलाई आह्वान गरे ।
रिपब्लिकन सदन कन्फरेन्सकी अध्यक्ष एलिस स्टेफानिकले न्युयोर्क पोस्टलाई भने, ‘आईसीसी एउटा अवैध अदालत हो जसले कट्टरपन्थी आतङ्कवादी समूहसँग आफ्नो अस्तित्वको अधिकारको रक्षा गर्ने शान्तिपूर्ण राष्ट्रलाई फसाउने गर्दछ ।
’ घोषणा पश्चात स्टेफानिकले सोमबार बिहान नेतान्याहुसँग भेट गरेका थिए ।सदनका अल्पसङ्ख्यक नेता हाकिम जेफ्रीजले एक विज्ञप्तिमा आईसीसीको आदेशलाई ‘लाजमर्दो र अनुचित’ भनेका छन् ।
राज्य सचिव एन्टोनी ब्लिन्केनले इजरायल र हमास बीचको आईसीसी अभियोजक समानतालाई मौलिकरूपमा अस्वीकार गर्ने र यो घोषणाले बन्धक सम्झौता र युद्धविरामको वार्तासमेतलाई जोखिममा पार्न सक्नेमा जोड दिए ।
उनले संयुक्त राज्य अमेरिका वर्तमान द्वन्द्वभन्दा पहिले नै आईसीसीको यस मामिलामा कुनै क्षेत्राधिकार नभएकोमा स्पष्ट रहेको बताए । ब्लिन्केनले भने, ‘आईसीसीसी अभियोजक आफैँ अर्को हप्ता इजरायलको भ्रमण गर्ने र इजरायली सरकारबाट अनुसन्धानबारे छलफल गर्ने कार्यक्रम तय गरिएको थियो ।’
घोषणाप्रति आफ्नो प्रतिक्रियामा, इजरायली प्रधानमन्त्री नेतान्याहुले भने, ‘हेगमा अभियोजकले दिएको बेतुक र झुटो आदेश इजरायलका प्रधानमन्त्री र रक्षामन्त्रीका विरुद्ध मात्र नभई सम्पूर्ण इजरायल राज्यको विरुद्धमा निर्देशित छ । ‘यो आईडीएफका सैनिक विरुद्ध निर्देशित छ, जो हमासविरुद्ध वीरताका साथ लडिरहेका छन्,’ टाइम्स अफ इजरायलमा रिपोर्ट गरिएको भिडियो बयानमा उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ जेठ २०८१, १४ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गाजामा शान्तिको प्रयास, युद्धविराम वार्ता पुनः शुरू गर्न इजरायल सहमत
अमेरिकी राष्ट्रपति बाइडेन र इजरायलका प्रधानमन्त्री नेतन्याहुबिच भेटवार्ता
अमेरिकी कंग्रेसमा नेतान्याहूको सम्बोधन, गाजा युद्धको बचाउ
इरानी हमलापछि इजरालयका प्रधानमन्त्रीको पहिलो सार्वजनिक प्रतिक्रिया: हामी जित्नेछौं