काठमाडौँ । नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले सहकारी प्रकरणमा संसदीय छानबिन समितिमा कांग्रेसको अडान रहेको बताएका छन् । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले कांग्रेस आफ्नो अडानमा दृढ रहेको बताए ।
उनले भने–‘लाखौं सहकारी पीडितलाई न्याय दिने कर्तव्यबाट हामी कदापि च्युत हुने छैनौँ । देशै भरका सहकारी पीडितलाई म आश्वस्त पार्न चाहन्छु बचतकर्ताको बचत फिर्ता नभएसम्म हाम्रो लडाईले विश्राम पाउने छैन ।
संसदीय छानबिन समितिको सैद्धान्तिक सहमति भएपनि टिओआरका विषयमा कुरा नमिलेको हामी सबैले थाहा पाएका छौं । पछिल्लो दिनमा समाचारहरू झन् प्रकट ढङ्गले आइरहेका छन् । स्वर्णलक्ष्मी, सूर्यदर्शन पोखरा लगायतका सहकारीबाट गोर्खा मिडिया नेटवर्कले करिव १ अर्ब ऋण लिएको छ । त्यो ऋण तिनै ४ वटा सहकारीबाट लिएको हो ।’
उनले सो ऋण लिने बेला गृहमन्त्री रवि लामिछाने गोर्खा मिडियामा प्रबन्ध निर्देशक रहेको बताए । सोही प्रकृतिको घटनामा गीता बस्नेतमाथि पक्राउ पुर्जी जारी भएको र एउटै संसदमा दुई जना सांसदमा एउटै अभियोग रहेको बताउँदै एकजना फरार र एकजना गृहमन्त्री रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ जेठ २०८१, १३ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस संसदीय दलको बैठक भोलि बस्दै
कांग्रेसले बोलायो संसदीय दलको बैठक
नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न कांग्रेसले लगायो ह्विप
आफू कुनै पनि किसिमको आतंकवादको विरुद्धमा रहेको काँग्रेसको स्पष्टीकरण
बुढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक
कांग्रेस पदाधिकारी बैठक बस्दै