पप्पु कन्स्ट्रक्सनका प्रमुख सुमित रौनियारलाई पक्राउ गर्न पूर्जी जारी

सफल खबर संवाददाता

मंगलबार, ०९ असोज २०७५, १२ : ४४
पप्पु कन्स्ट्रक्सनका प्रमुख  सुमित रौनियारलाई पक्राउ गर्न पूर्जी जारी

रौतहट । जिल्ला अदालत रौतहटले पप्पु कन्सट्रक्सनका प्रमुख सुमित रौनियारलाई पक्राउ गर्न पूर्जी जारी गरेको छ । 

गौर नगरपालिका–४ स्थित टिकुलिया घाटमा गत भदौ ८ गते डुंगा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो । निर्माणाधाीन पुलको पिल्लरमा ठोक्किएर डुङ्गा फुट्दा दुर्घटना भएको र समयमै पुल निर्माणको काम नसक्ने कम्पनी दोषी भएका भन्दै स्थानीयले जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएका थिए । जिल्ला प्रहरी कार्यालय रौतहटले उनलाई पटकपटक सम्पर्क गरी हाजिर हुन आउन अनुरोध गर्दै आएको थियो । 
पटकपटक बोलाउँदा पनि कोही सम्पर्कमा नआएपछि पक्राउ पूर्जी जारी गरिएको हो ।

प्रतिक्रिया दिनुहोस