चितवन । नवलपुरमा बाटो ढुकेर युवतीमाथि एसिड र छुरा प्रहार भएको छ ।
कावासोती नगरपालिका वडा नं. ९ डण्डा बजारकी २७ वर्षीया बसन्ती परियारमाथि एसिड र छुरा प्रहार भएको हो । बसन्तीको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
उनको अवस्था गम्भिर रहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । बसन्तीमाथि एसिड प्रहार गर्ने विमल शिर्पालीलाई नवलपुर प्रहरीले पक्राउ गरेको छ । उनले प्रहरीसामू अपराध स्वीकार गरेका नवलपुर प्रहरीले जनाएको छ । एसिड प्रहारबाट शरीरको करीव २५ प्रतिशत भाग जलेको छ ।
देव्रे छातीमा प्रहार भएको चक्कु करङ छेडेर फोक्सोसम्म पुगेको भरतपुर अस्पतालले जनाएको छ । भरतपुर अस्पतालको आइसीयूको भेन्टिलेटरमा राखेर बसन्तीको उपचार भइरहेको छ । एसिड प्रहार गर्ने विमलमाथि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस