काठमाडौँ । नेपाली काँग्रेसले विपक्षीको नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिएपछि संसदीय इतिहासमा अनौठो नजिर स्थापित गरेको टिप्पणी गरेको छ ।
प्रतिनिधिसभाको बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले सत्ता समीकरणमा भएका दलहरूले संविधानलाई कमजोर पार्ने क्रियाकलाप गरिरहेको आरोप लगाए । उनले भने, ‘प्रधानमन्त्रीले आजै विश्वासको मत लिनुपर्ने कुनै कारण थिएन । आजै उहाँले लिने निर्णय गर्नुभयो । विपक्ष आफ्नो कुरा राख्दै बेलमा आएको बेलामा अहिलेसम्म विश्वासको मत लिएको अवस्था छैन । यो संसदीय इतिहासमा अनौठो नजिर स्थापित गर्नुभएको छ । हामीले ल्याएको संविधानको खिलाफमा गठबन्धन दलहरू लागेका छन् ।’
उनले प्रधानमन्त्रीले संसदमा आपत्तिजनक भाषाको प्रयोग गरेको बताए । उनले सत्ता समीकरणले लोकतन्त्र र संविधानलाई खतरामा पार्ने काम भइरहेको आरोप लगाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ जेठ २०८१, १३ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : सभापति थापा
काँग्रेसको असन्तुष्ट पक्षलाई पठाएको ७ बुँदे प्रस्ताव सार्वजनिक
कांग्रेसमा एक लाख ४९ हजार ३०९ जनाको क्रियाशील सदस्यता नविकरण गर्न म्याद थप
पार्टी मिलाउन देउवा पक्षका ४ शर्त : जेठ मसान्तसम्मको अल्टिमेटम, नभए राष्ट्रिय भेला गरी नयाँ पार्टी बनाउने तयारी
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने आज अन्तिम दिन