काठमाडौँ । काठमाडौँमा हावाहुरीसहित वर्षा सुरु भएको छ । आज बिहानैबाट काठमाडौँका अधिकांश स्थानमा हावाहुरीसहित वर्षा सुरु भएको हो ।
काठमाडौँका धेरै स्थानमा अहिले हावाहुरीसहित वर्षा भइरहेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । उनले भने, “अहिले काठमाडौँ उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, धापड्याम, शिवपुरीमा पानी परिरहेको र सबैभन्दा बढी सुन्दरीजलमा वर्षा भइरहेको छ ।”
उपत्यकाको उत्तरी भेगका अधिकांश ठाउँमा वर्षा भइरहेको तथा करिब दुई दिन घण्टा वर्षासहित मौसम बदली भइरहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैगरी आज बागमती, कोसी तथा मधेस प्रदेशका एक दुई स्थानमा राति भारी वर्षा हुने सम्भावना रहेको मौसमविद् अर्यालले बताए। स्थानीय वायुको प्रभावले हावाहुरीसहित वर्षा भइरहेको तथा आज काठमाडौँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०७ जेठ २०८१, १० : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनविरुद्धको सुरुवातमै काठमाडौंले गुमायो दुई विकेट
एनपीएल उद्घाटन खेलमा जनकपुरविरुद्ध टस जितेर फिल्डिङमा उत्रियो काठमाडौँ
काठमाडौँ-ग्वाञ्जाओ सिधा उडान बिहीबारदेखि
एनपीएलका लागि काठमाडौंले रिटेन गर्यो ६ खेलाडी
काठमाडौंका नगरप्रहरी प्रमुख राजु पाण्डे ६ महिनाका लागि निलम्बित
कश्मीरमा भएको आतंकारी हमलाको विरोधमा काठमाडौंमा प्रदर्शन