संसदीय छानबिन समिति बनाउन प्रधानमन्त्री सकारात्मक : कांग्रेस

सफल खबर संवाददाता

शनिबार, ०५ जेठ २०८१, ११ : २२
संसदीय छानबिन समिति बनाउन प्रधानमन्त्री सकारात्मक : कांग्रेस

काठमाडौं । बालुवाटारमा बसेको प्रधानमन्त्री प्रचण्ड र कांग्रेस शीर्ष नेताहरूको छलफल सकिएको छ । छलफलमा प्रधानमन्त्री प्रचण्ड सहकारी ठगीबारे संसदीय छानबिन समिति गठन गर्न सकारात्मक भएको कांग्रेस नेताहरूले बताएका छन् ।

‘प्रधानमन्त्री संसदीय छानबिन समिति बनाउन सकरात्मक हुनुहुन्छ,’ बैठकमा सहभागी भएका कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले भने, ‘ उहाँले सत्तापक्षका दलसँग छलफल गर्नु पर्ने होला ।’

कांग्रेसको माग सम्बोधन गर्नेबारे आजै प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलसँग छलफल गर्ने छन् । दिउँसो २ बजे बस्ने  बैठकमा समिति गठन गर्ने वा नगर्ने टुंगो लाग्नेछ । समिति गठन गर्ने सहमति नभएको खण्डमा भने पूर्ववत् अवस्थामै फर्किने कांग्रेसका एक नेताले बताए ।कांग्रेसले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ । तर, सत्ता पक्ष त्यसमा सहमति नहुँदा संसद प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस