मस्को । रुसको मस्कोस्थित रक्षामन्त्रालयले गए राति दक्षिणी क्षेत्रमा एक सयभन्दा बढी युक्रेनी ड्रोन रोकेको दाबी गरेको छ । रुसले क्रिमियाका ५१ वटा, क्रास्नोडार क्षेत्रमा ४४ वटा, बेलगोरोड क्षेत्रमा छ वटा, ‘ब्ल्याक सि’मा छ वटा र क्रुक्स क्षेत्रमा एउटा ड्रोन नष्ट गरेको जनाएको छ ।
मस्कोस्थित रक्षामन्त्रालयले युक्रेनद्वारा गए राति गरिएको सबैभन्दा ठूलो ड्रोन आक्रमण भएको दाबी गरेको छ । जुन रुसी सेनाले पछिल्लो १८ महिनामा अग्रस्थानमा रहेर प्राप्त गरेको ठूलो भू–भाग थियो ।
रुसले गत मे ९–१५ को अवधिमा दुई सय ७८ वर्ग किलोमिटर युक्रेनी भू–भाग नियन्त्रणमा लिन सफल भएको जनाएको छ । अध्ययन संस्थान (आइएसडब्ल्यू) काअनुसार सन् २०२२ को डिसेम्बरको मध्यदेखि हालसम्म गरिएका आक्रमणमध्ये एउटै आक्रमणबाट प्राप्त ठूलो भू–भाग हो । रासस

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ०४ जेठ २०८१, १३ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुसी आक्रमणमा युक्रेनमा ६ जनाको मृत्यु
निष्कर्ष बिनै टुङ्गियो रुस–युक्रेन वार्ता
रुस-युक्रेन र अमेरिकाको वार्ता अबुधाबीमा हुने
युक्रेन–रुसमा अस्थायी युद्धविराम, अमेरिकी मध्यस्थतामा सहमति
रुस र युक्रेनबीच आबुधाबीमा महत्त्वपूर्ण शान्ति वार्ता
युक्रेन युद्ध अन्त्यका लागि यूएईमा त्रिपक्षीय वार्ता हुने