काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले १६औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन गरेका छन् । ‘सक्षम कानुन व्यवसायी, मर्यादित बार: न्यायपालिकाको पुनः संरचना लोकतन्त्र सुदृढीकरणको आधार’ भन्ने नाराका साथ नेपाल प्रज्ञा(प्रतिष्ठान काठमाडौँमा आजदेखि सुरु भएको तीन दिने सम्मेलनको राष्ट्रपति पौडेलले उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू, वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूको उपस्थिति रहेको छ ।
नेपाल बार एशोसिएशनका अनुसार जेठ ४ देखि ६ गतेसम्म चल्ने सम्मेलनमा देशभरका करिब सात हजार कानुन व्यवसायीको सहभागिता रहने छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०४ जेठ २०८१, १२ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानन्यायाधीश राउतद्वारा उपभोक्ता अदालतको उद्घाटन
‘प्रचण्ड’ले गरे गुल्मीमा हेलिप्याड र पिस पार्कको उद्घाटन
भारतले निर्माण गरेको भाषा परिषद्को भवन उद्घाटन
प्रधानमन्त्री प्रचण्डद्वारा ४०० केभीको तेस्रो ठूलो हेटौंडा सबस्टेसन उद्घाटन