वैवाहिक बलात्कार मुद्दामा पक्राउ परेका गायक रवि वड रिहा

सफल खबर संवाददाता

शुक्रबार, ०४ जेठ २०८१, ०८ : ३२
वैवाहिक बलात्कार मुद्दामा पक्राउ परेका गायक रवि वड रिहा

कञ्चनपुर । वैवाहिक बलात्कार मुद्दामा पक्राउ परेका कञ्चनपुर स्थायी ठेगाना भएका गायक रवि वड रिहा भएका छन् ।

‘नेपाल आइडल सिजन २’ विजेता वडविरूद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै आफ्नै श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् ।

सोहीआधारमा वैशाख तेस्रो साता पक्राउ परेका उनी बिहीबार साँझ ५ लाख धरौटीमा रिहा भएका हुन् ।

कञ्चनपुर जिल्ला अदालतको आदेशपछि उनी ५ लाख धरौटीमा रिहा भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस