काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दल र कार्यसमितिको बैठक बोलाएको छ । कांग्रेसले आज बिहान साढे ८ बजे संसद् भवन परिसरमा बस्ने गरी दलको कार्यसमिति र ९ बजे दलको बैठक बोलाएको हो ।
सहकारी ठगीमा रास्वपा सभापति रवि लामिछाने विरुद्ध छानबिन समिति गठनको विषय पेचिलो बन्दै गएपछि कांग्रेसले आजको संसद् बैठक पूर्व कार्यसमिति र संसदीय दलको बैठक बोलाएको हो ।
बिहीबार कांग्रेसको अवरोधबिच सभामुख देवराज घिमिरेले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि प्रतिनिधिसभा बैठकमा कांग्रेस एमाले सांसदबिच असहज स्थिति बनेको थियो ।
जसकारण सभामुखले आज बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका थिए । कांग्रेसले संसदीय छानबिन समिति गठनलाई बटमलाईन बनाएर अघि बढ्ने निर्णय गरिसकेकाले माग पूरा नभएसम्म संसदको अवरोध नरोक्ने बताउँदै आएको छ ।
कांग्रेसले हिजोको घटनाबारे छलफल गर्न आज प्रतिनिधि सभा बस्नु पूर्व नै पार्टीको बैठक बोलाएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ जेठ २०८१, ०७ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा
कांग्रेस महाधिवेशनको मिति सार्ने भित्री तयारी, क्रियाशील सदस्यता विवादले कार्यतालिका प्रभावित
प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै काँग्रेसले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ सकियो
भोलि केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने काँग्रेसको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक