काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दल र कार्यसमितिको बैठक बोलाएको छ । कांग्रेसले आज बिहान साढे ८ बजे संसद् भवन परिसरमा बस्ने गरी दलको कार्यसमिति र ९ बजे दलको बैठक बोलाएको हो ।
सहकारी ठगीमा रास्वपा सभापति रवि लामिछाने विरुद्ध छानबिन समिति गठनको विषय पेचिलो बन्दै गएपछि कांग्रेसले आजको संसद् बैठक पूर्व कार्यसमिति र संसदीय दलको बैठक बोलाएको हो ।
बिहीबार कांग्रेसको अवरोधबिच सभामुख देवराज घिमिरेले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि प्रतिनिधिसभा बैठकमा कांग्रेस एमाले सांसदबिच असहज स्थिति बनेको थियो ।
जसकारण सभामुखले आज बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका थिए । कांग्रेसले संसदीय छानबिन समिति गठनलाई बटमलाईन बनाएर अघि बढ्ने निर्णय गरिसकेकाले माग पूरा नभएसम्म संसदको अवरोध नरोक्ने बताउँदै आएको छ ।
कांग्रेसले हिजोको घटनाबारे छलफल गर्न आज प्रतिनिधि सभा बस्नु पूर्व नै पार्टीको बैठक बोलाएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ जेठ २०८१, ०७ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : सभापति थापा
काँग्रेसको असन्तुष्ट पक्षलाई पठाएको ७ बुँदे प्रस्ताव सार्वजनिक
कांग्रेसमा एक लाख ४९ हजार ३०९ जनाको क्रियाशील सदस्यता नविकरण गर्न म्याद थप
पार्टी मिलाउन देउवा पक्षका ४ शर्त : जेठ मसान्तसम्मको अल्टिमेटम, नभए राष्ट्रिय भेला गरी नयाँ पार्टी बनाउने तयारी
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने आज अन्तिम दिन