काठमाडौं। सहमतिका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले समय मागेपछि बिहीवार बिहीबार ११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अपराह्न ४ बजेका लागि सारिएको छ।सहकारी ठगीबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने कांग्रेसको मागमा सहमति जुटाउन बैठक सारिएको हो ।
संसदीय छानबिन समिति गठन नभए संसद् बैठक अवरुद्ध गर्ने चेतावनी कांग्रेसले दिँदै आएको छ ।सभामुख देवराज घिमिरेसँग भएको टेलिफोन कुराकानीमा प्रचण्डले कांग्रेससँग सहमतिको प्रयास चलिरहेकाले बैठक सार्न आग्रह गरेका थिए ।
सरकारको आग्रहमा बैठक अपराह्न ४ बजेसम्म सारिएको सभामुखको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ जेठ २०८१, १२ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुई विधेयक पारित गरेर प्रतिनिधिसभा बैठक शुक्रबारसम्म स्थगित
प्रतिनिधिसभामा विपक्षीको विरोध
प्रतिनिधिसभा बैठक मंगलबारसम्म स्थगित
प्रतिनिधिसभा बैठक आइतबारसम्म स्थगित
प्रतिनिधिसभा बैठक दोस्रोपटक सूचना टाँस गरेर स्थगित
प्रतिनिधिसभा बैठकको सुरुमै अवरोध