यी हुन् सबैभन्दा धेरै कमाइ गर्ने १० वटा साउथ इण्डियन फिल्म

सफल खबर संवाददाता

सोमबार, ०८ असोज २०७५, १६ : ३९
यी हुन् सबैभन्दा धेरै कमाइ गर्ने १० वटा साउथ इण्डियन फिल्म

काठमाडौँ । भारतीय फिल्म उद्योगमा दक्षिण भारतीय फिल्मको ठूलो प्रभाव पर्न थालेको छ । पछिल्लो समय दक्षिण भारतीय फिल्ममा आकर्षण बढ्दै गएको छ । भारतीय फिल्म उद्योगमा पनि दक्षिण भारतीय फिल्मको रिमेक गर्ने क्रममा बृद्धि भएको छ । भारतीय फिल्मको कमाइको बारेमा समाचारहरु सार्वजनिक हुने गरेको भएपनि दक्षिण भारतीय फिल्म बारे खासै समाचारहरु सार्वजनिक हुने गरेका छैनन् । आज हामी १० वटा धेरै कमाइ गर्ने दक्षिण भारतीय फिल्मबारे चर्चा गर्दै छौं । 

१.बाहुबली २ : २०१७ मा रिलिज भएको एसएस राजामौलीको फिल्म बाहुबली २ ले कमाइमा सबै भारतीय फिल्मलाई उछिनेको छ । दक्षिणका अभिनेता प्रभासको मुख्य भूमिका रहेको फिल्मले करिब २ हजार करोडको कमाइ गरेको थियो । 

२.बाहुबली : २०१५ मा रिलिज भएको एसएस राजामौलीको यो फिल्मका अभिनेता प्रभास, अनुष्का शेट्टी, सत्यराज, राणा दग्गुबती लगायतलाई चर्चामा ल्याएको थियो । यो फिल्मले ६५० करोडको कमाइ गरेको भारतीय सञ्चारमाध्यहरुले जनाएका छन् । 

३. कबाली : दक्षिण भारतीय स्टार रजनीकान्त तथा राधिका आप्टेको यो फिल्म भारतमा २०१६ मा रिलिज भएको थियो, फिल्मले ३५० करोडको कमाइ गरेको थियो । 

४. रोबोट : रजनीकान्त तथा ऐश्वर्या रायको फिल्म रोबोट निकै हिट रह्यो । यो फिल्ले ३०० करोडको कमाइ गरेको थियो । 

५. आई : उपेन पटेल, एमी ज्याक्सन तथा विक्रम जस्ता स्टार अभिनित फिलम २०१५ मा रिलिज भएको थियो । शंकर द्वारा निर्देशित यो फिल्मले २५० करोडको कमाइ गरेको थियो । 

६. विश्वरुपम : २०१३ मा रिलिज भएको कमल हासनको फिल्म विश्वरुपमको तमिल, तेलगू तथा हिन्दी दर्शकले निकै मन पराएका थिए । फिल्ममा पूजा कुमारले मुख्य भूमिका निभाएका थिए । फिल्मले २४० करोडको कमाइ गरेको थियो । 

७. दशावतारम : २००८ मा रिलिज भएको कमल हासनको फिल्ममा श्रेयस तलपडे, सचिन खेडकर तथा रुपाली गांगुलीको मुख्य भूमिका थियो । यो फिल्मले २०० करोडको कमाइ गरेको थियो । 

८. लिंगा : २०१५ सालमा रिलिज भएको रजनीकान्तको फिल्म लिंगामा सोनाक्षी र अनुष्का शेट्टीको मुख्य भूमिका थियो । यो फिल्मले १ सय ५५ करोडको कमाइ गरेको थियो । 

९. थेरी : २०१५ सालमा आएको विजय कुमार र एमी ज्याक्सनको फिल्म थेरीले १५० करोडको कमाइ गरेको थियो । 

१० शिवाजी द बोस : रजनीकान्तको यो फिल्ममा उनीसँगै श्रीया सरनको मुख्य भूमिका थियो । २००७ सालमा यो फिल्मले १५० करोडको कमाइ गर्दै त्यस समय फिल्मी क्षेत्रमा तहल्का मच्चाएको थियो । 

प्रतिक्रिया दिनुहोस