काठमाडौँ । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने निर्णय गरेको छ । प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने निर्णय गर्दै ह्विप समेत जारी गरेको छ ।
बैठकले यसअघि संसदीय दलको नेताबाट हटाइएका खगराज भट्टलाई संसदीय दलको पहिलो वरियतामा राख्ने निर्णय समेत गरेको छ । बहुमत प्रदेश सभा सदस्यले भट्टलाई दल नेताबाट हटाउँदै मानबहादुर धामीलाई चयन गरेका थिए ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मुख्यमन्त्रीको नियुक्ति असंवैधानिक भएको भन्दै प्रदेश सभाको बैठक बहिष्कार गर्ने भएको छ । मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ जेठ २०८१, ११ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिमका सर्प दंशको उच्च जोखिम रहेका क्षेत्रमा उपचार सेवा विस्तार गरिँदै
सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री शाहको छलफल
सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा
जनकपुरलाई हराउँदै सुदूरपश्चिम ‘प्लेअफ’मा
सुदूरपश्चिममा धान उत्पादन : क्षेत्रफल घट्यो, उत्पादकत्व वृद्धि
सुदूरपश्चिमका १३ क्याम्पसलाई आंगीक बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण