पर्यटन बोर्डअगाडि अपाङ्गता भएका व्यक्तिको प्रदर्शन

सफल खबर संवाददाता

बुधबार, ०२ जेठ २०८१, १२ : २४
पर्यटन बोर्डअगाडि अपाङ्गता भएका व्यक्तिको प्रदर्शन

काठमाडौँ । सरकारसँग विगतमा भएको सहमति कार्यान्वयनको माग गर्दै अपाङ्गता भएका व्यक्तिहरूले बुधबार पर्यटन बोर्ड अगाडि प्रदर्शन गरेका छन् । उनीहरूले प्रदर्शन गर्ने क्रममा प्रहरीले केहीलाई पक्राउ पनि गरेको छ ।

तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर ७ का दिपक भण्डारी धर्नामा बसेको बेला महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका प्रतिनिधिसँग गत चैत १२ गते भएको सहमति अनुसारको सामुदायिक सहायता सेवा सुरुवात नभएको विरोधमा उनीहरूले प्रदर्शन गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस