काठमाडौं। फ्रान्सको नर्मन्डी क्षेत्रमा कैदी बोकेको प्रहरीको गाडीमा आक्रमण भएको छ । नर्मन्डीमा कैदीलाई अदालतबाट कारागार लैजाँदै गर्दा भएको आक्रमणमा दुई जना प्रहरीको ज्यान गएको थियो । यो घटनामा अरु तीन जना घाइते भएका छन् ।
गाडीमा आक्रमणपछि कैदीहरू फरार भएका छन् । आक्रमणको कारण र फरार कैदी कति छन् ? खुल्न सकेको छैन । आक्रमण गर्ने र फरार कैदीको खोजी भैरहेको छ । यसका लागि सयौं प्रहरी परिचालन गरिएको फ्रान्सको सुरक्षा निकायलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।
प्रमुख ठाउँहरुमा गाडी रोकेर जाँच भैरहेको छ । राष्ट्रपति इमानुएल म्याक्रोनले दोषीहरू पत्ता लगाउन कुनै कसर नराखी काम गर्न निर्देशन दिनुभएको खबरमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ जेठ २०८१, ११ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने फ्रान्सको घोषणा अमेरिकाद्वारा खारेज
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक
फ्रान्समा दुई प्रहरीमाथि चक्कु प्रहार, रोक्न जाने वृद्धको ज्यान गयो
फ्रान्सका दुई तिहाइ जनता नयाँ प्रधानमन्त्रीप्रति असन्तुष्ट
फ्रान्सको सरकार ३ महिनामै ढल्यो
फ्रान्समा नयाँ प्रधानमन्त्रीको नियुक्तिको विरोध, हजारौं मानिस सडकमा