काठमाडौं। फ्रान्सको नर्मन्डी क्षेत्रमा कैदी बोकेको प्रहरीको गाडीमा आक्रमण भएको छ । नर्मन्डीमा कैदीलाई अदालतबाट कारागार लैजाँदै गर्दा भएको आक्रमणमा दुई जना प्रहरीको ज्यान गएको थियो । यो घटनामा अरु तीन जना घाइते भएका छन् ।
गाडीमा आक्रमणपछि कैदीहरू फरार भएका छन् । आक्रमणको कारण र फरार कैदी कति छन् ? खुल्न सकेको छैन । आक्रमण गर्ने र फरार कैदीको खोजी भैरहेको छ । यसका लागि सयौं प्रहरी परिचालन गरिएको फ्रान्सको सुरक्षा निकायलाई उद्धृत गरी बीबीसीले जनाएको छ । प्रमुख ठाउँहरुमा गाडी रोकेर जाँच भैरहेको छ । राष्ट्रपति इमानुएल म्याक्रोनले दोषीहरू पत्ता लगाउन कुनै कसर नराखी काम गर्न निर्देशन दिनुभएको खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ जेठ २०८१, ११ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फ्रान्समा पूर्व राष्ट्रपतिलाई जेल सजाय
प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने फ्रान्सको घोषणा अमेरिकाद्वारा खारेज
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक