ठेकेदारलाई नै संसदीय विकास समिति सदस्य

पत्रपत्रिकाबाट

सोमबार, ०८ असोज २०७५, ०९ : ०८
ठेकेदारलाई नै संसदीय विकास समिति सदस्य


सरकारका कामको अनुगमन र मूल्यांकन गरी आवश्यक रायसुझाव र निर्देशन दिने संसदको विकास समितिमा तीन जना ठेकेदार सांसद छन् । 

पप्पु कन्स्ट्रक्सनका सञ्चालन  हरिनारायण रौनियार, लामा कन्स्ट्रक्सनका जिपछिरिङ लामा र हिमदुङ एण्ड ठोकर कम्पनीका बहादुरसिंह लामा स्वार्थ बाझिने गरी समितिमा बसेको छ ।

रौनियार पर्सा ३ बाट निर्वाचित संघीय समाजवादी फोरम नेपालका सांसद हुन् भने लामाद्वय कांग्रेसका समानुपातिक सांसद हुन् ।

उनीहरु प्रतिनिधिसभा नियामावली विपरीत स्वार्थ बाझिने गरी समितिमा बसेका हुन् ।

नियमावलीको नियम २१६ मा सांसदले पालना गर्नुपर्ने आचारसंहितामा आफ्नो स्वार्थ बाझिएको समितिको सदस्य हुन नपाउने व्यवस्था छ।,यो खबर आजकोकान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस