गायक रवि वड पक्राउ

सफल खबर संवाददाता

आइतबार, ३० बैशाख २०८१, ०८ : ०५
गायक रवि  वड पक्राउ

कञ्चनपुर । वैवाहिक बलात्कारसम्बन्धी मुद्दा गायक रवि वड चार दिनदेखि कञ्चनपुर प्रहरीको हिरासतमा छन् ।

उनले बिहीबार प्रहरीसमक्ष आत्मसमर्पण गरेकामा उनीमाथि प्रहरीले अदालतबाट ५ दिनको म्याद लिएर आवश्यक अनुसन्धान गरिरहेको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले  वड इलाका प्रहरी कार्यालय झलारीमा आत्मसमर्पण गरेको जानकारी दिए । 

नेपाल आइडल सिजन २ का विजेता वडविरुद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् । उनीविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भइसकेको थियो ।

प्रतिक्रिया दिनुहोस