चितवनको भण्डारामा राप्ती गोल्डकप हुने

सफल खबर संवाददाता

आइतबार, ०७ असोज २०७५, १९ : ५७
चितवनको भण्डारामा राप्ती गोल्डकप हुने

चितवन । चितवनको भण्डारामा प्रथम राप्ती गोल्डकप २०७५  यही असोज १७ गतेदेखी ३० गते सम्म हुने भएको छ । आयोजक हर्दी युवा समाजले आईतवार पत्रकार सम्मेलन गरी असोज प्रतियोगिताकाबारे जानकारी गराएको हो ।

पूर्वी चितवनमै पहिलो पटक हुन लागेको गोल्डकपमा एक विभागिय टिमसहित देशभरका १४ वटा टिमको सहभागीता रहनेछ । प्रतियोगिताका संयोजक विकास मोक्तानका अनुसार शशस्त्र प्रहरी वल(एपिएफ) सहित कास्की ११, रुपेन्देही ११, लालवन्दी ११, निजगढ ११, चौधरी ११ बारा, युथ युवा स्पोट्स बीरगंज, विजययुथ मकवानपुरको सहभागीता रहनेछ । त्यस्तै नवलपरासीको अभिषेक चर्च, बीरगंज युथ एकेडेमी, चितवनको एभरेष्ट फुटवल क्लव, भरतपुर फुटवल क्लव, रामपुर फुटवल क्लव र आयोजक हर्दि युवा समाजले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

एपिएफ र रुपन्देही ११ ए डिभिजन लिग खेलिसकेका टिम हुन् । सहभागी टिमले प्रत्येक खेलमा ३ जना विदेशी खेलाडी समेत खेल्न पाउने व्यवस्था मिलाईएको संयोजक मोक्तानले वताए । प्रतियोगिताको विजेताले शिल्डसहित नगद २ लाख २ हजार २२२ रुपैया तथा उपविजेताले रनर्स अफ ट्रफी सहित नगद १ लाख १ हजार १११ रुपैया प्राप्त गर्नेछन् । त्यस्तै विभिन्न ६ विधामा उत्कृष्ठ खेलाडी तथा प्रशिक्षकलाई समेत पुरस्कृत गरिने छ ।

प्रतियोगितामा उत्कृष्ठ खेलाडी, उत्कृष्ठ रक्षापंक्ती, सर्वाधिक गोलकर्ता, उत्कृष्ठ गोल रक्षक, उत्कृष्ठ मध्यपंक्ती र उत्कृष्ठ टिम कोचलाई नगद ५-५  हजारका दरले पुरस्कृत गरिने आयोजक हर्दि युवा समाजका अध्यक्ष शम्भु वि.क.ले जानकारी दिए । अध्यक्ष विकका अनुसार प्रतियोगितामा दर्शकका लागि ५० रुपैया प्रवेश शुल्क लिईनेछ । प्रतियोगितामा राप्ती नगरपालिका ६ स्थित भण्डारा माध्यमिक विद्यालयको चौरमा हुनेछ । फाईनलको अघिल्लो दिन चितवन र नवलपरासीका महिला टिमबीच र भेट्रान्स खेलाडीबीच मैत्रीपुर्ण खेल हुनेछ । पत्रकार सम्मेलनमा राप्ती नगरपालिका उपप्रमुख इमानसिंह लामाले गोल्डकपले राप्ती नगरपालिकालाई राष्ट्रिय र अन्र्तराष्ट्रियस्तरमा चिनाउन मदत पुग्ने विश्वास व्यक्त गरे ।  

प्रतिक्रिया दिनुहोस