मन्त्रिपरिषद्को बैठक सुरु

सफल खबर संवाददाता

विहीबार, २७ बैशाख २०८१, १६ : ५८
मन्त्रिपरिषद्को बैठक सुरु

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका बैठक सुरु भएको हो । 
बैठकमा दैनिक प्रशासनिक कामकारबाहीबारे आवश्यक निर्णय हुनुका साथै शुक्रबारदेखि सुरु हुने बजेट अधिवेशनका विषयमा पनि आवश्यक छलफल हुने बुझिएको छ ।

यस्तै कांग्रेसले माग गर्दै आएको संसदीय छानबिन समिति लगायतका विषयमा बैठकमा छलफल हुनसक्ने एक मन्त्रीले बताए ।

प्रतिक्रिया दिनुहोस