कानून दिवसको अवसरमा सर्वोच्चमा चियापान, राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्ड सहभागी

सफल खबर संवाददाता

बुधबार, २६ बैशाख २०८१, १५ : ५३
कानून दिवसको अवसरमा सर्वोच्चमा चियापान, राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्ड सहभागी

काठमाडौं। कानून दिवसको अवसर पारेर सर्वोच्च अदालतमा आयोजित चियापानमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत सहभागी भएका छन् ।

मंगलबार आयोजित कार्यक्रममा राष्ट्रपति र प्रधानमन्त्रीसँगै उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधिश विश्वम्भरप्रसाद श्रेष्ठ र सभामुख देवराज घिमिरेलगायत पनि सहभागी भएका हुन् ।हरेक वर्षको वैशाख २६ गते कानून दिवस मनाउने गरिन्छ ।