काठमाडौँ । इलाम-२ बाट नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले अर्थमन्त्री वर्षमान पुनलाई भेटेका छन् । प्रतिनिधि सभा सदस्यको शपथ लिए लगत्तै उनी अर्थ मन्त्रालय पुगेका हुन् ।
इलाममा चुनाव जितेर काठमाडौँ फर्किए लगत्तै उनी आफ्नो निर्वाचन क्षेत्रमा बजेटको ताकेतासहित सिंहदरवार दौडधुपमा छन् । गएको २ दिन विभिन्न मन्त्रालयमा मन्त्री, सचिवलाई भेटेर उनले आफ्ना क्षेत्रका समस्या राख्दै रकम विनियोजनको माग गरेका थिए । पूर्वाधार, कृषि, खानेपानी, पर्यटन, सामाजिक विकासलाई प्राथमिकता राख्दै अर्थमन्त्रीसमक्ष विभिन्न योजना पेश गरेको उनले बताए ।
अर्थमन्त्री पुनले सांसद नेम्वाङका माग सम्बोधनका लागि आफू सकारात्मक रहेको बताएका छन् । निर्वाचन क्षेत्रको मुहार फेर्न अल्पकालीन र दीर्घकालीन रणनीति बनाएर अघि बढ्ने उनको योजना छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ बैशाख २०८१, १५ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थ मन्त्रालयद्वारा चालु आर्थिक वर्षमा कार्यान्वयन गरिरहेको बजेट खर्च हुने संशोधित अनुमान सार्वजनिक
घरमा धेरै रकम नराखेर विद्युतीय भुक्तानी गर्न अर्थ मन्त्रालयको अपिल
अर्थ मन्त्रालयका सबै टिप्पणी अब डिजिटल स्वीकृतिबाट
अर्थ मन्त्रालयद्वारा निर्वाचन र पुनर्निर्माणका लागि स्रोत खोज्न तीन सदस्यीय कार्यदल गठन
अर्थ मन्त्रालयमातहतका ९० जना अधिकृतको जिम्मेवारी हेरफेर
अर्थ मन्त्रालयद्वारा बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरु