काठमाडौँ । इलाम-२ बाट नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले अर्थमन्त्री वर्षमान पुनलाई भेटेका छन् । प्रतिनिधि सभा सदस्यको शपथ लिए लगत्तै उनी अर्थ मन्त्रालय पुगेका हुन् ।
इलाममा चुनाव जितेर काठमाडौँ फर्किए लगत्तै उनी आफ्नो निर्वाचन क्षेत्रमा बजेटको ताकेतासहित सिंहदरवार दौडधुपमा छन् । गएको २ दिन विभिन्न मन्त्रालयमा मन्त्री, सचिवलाई भेटेर उनले आफ्ना क्षेत्रका समस्या राख्दै रकम विनियोजनको माग गरेका थिए । पूर्वाधार, कृषि, खानेपानी, पर्यटन, सामाजिक विकासलाई प्राथमिकता राख्दै अर्थमन्त्रीसमक्ष विभिन्न योजना पेश गरेको उनले बताए ।
अर्थमन्त्री पुनले सांसद नेम्वाङका माग सम्बोधनका लागि आफू सकारात्मक रहेको बताएका छन् । निर्वाचन क्षेत्रको मुहार फेर्न अल्पकालीन र दीर्घकालीन रणनीति बनाएर अघि बढ्ने उनको योजना छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ बैशाख २०८१, १५ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घरमा धेरै रकम नराखेर विद्युतीय भुक्तानी गर्न अर्थ मन्त्रालयको अपिल
अर्थ मन्त्रालयका सबै टिप्पणी अब डिजिटल स्वीकृतिबाट
अर्थ मन्त्रालयद्वारा निर्वाचन र पुनर्निर्माणका लागि स्रोत खोज्न तीन सदस्यीय कार्यदल गठन
अर्थ मन्त्रालयमातहतका ९० जना अधिकृतको जिम्मेवारी हेरफेर
अर्थ मन्त्रालयद्वारा बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरु
अर्थ मन्त्रालयमा पुग्यो नेपालमा एमसीसी निरन्तरताको पत्र