इलाम २ बाट निर्वाचित सुहाङको शपथ आज

सफल खबर संवाददाता

बुधबार, २६ बैशाख २०८१, ०८ : २२
इलाम २ बाट निर्वाचित सुहाङको शपथ आज

काठमाडौ । उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङको शपथ बुधबार हुने भएको छ । 

सभामुख देवराज घिमिरेले बिहान ११ बजे नेम्वाङलाई शपथ दिलाउने कार्यक्रम छ । 

गत वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा इलाम २ बाट २७ हजार ७ सय ७२ मत पाएर विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस