काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद् बैठकलाई रोकतोक बिना अगाडि लैजान महत्त्वपूर्ण आधार तयार भएको बताएका छन् । मंगलबार सिंहदरबारमा शीर्ष नेताहरूसँगको भेटपछि उनले यस्तो बताएका हुन् ।
सभामुख घिमिरेले मंगलबारको छलफलले ८ गतेदेखि सुचारु हुने अबको अधिवेशन रोकतोक बिना अगाडि लैजान महत्त्वपूर्ण आधार तयार पारेको दाबी गरे । उनले समस्याले सदनलाई अवरोध गर्दैन भन्ने आफ्नो बलियो विश्वास रहेको पनि बताए ।
सभामुख घिमिरेले समस्याको समाधान कतिपय राजनीतिक दलहरूको बिचबाट हुने र कतिपय संसदबाट हुने बताए । उनले संसद्लाई अवरोधको भन्दा समस्या समाधानको थलो बनाउनुपर्ने बताए । उनले सबै राजनीतिक दलहरू यसमा सचेत भएर अघि बढ्न जरुरी रहेको पनि बताए ।
उनले भने, ‘समस्याले सदनलाई अवरोध गर्दैन भन्ने मेरो बलियो विश्वास छ । समस्याको समाधान कतिपय राजनीतिक दलहरूको बिचबाट हुन्छ । कतिपय संसदबाट पनि हुन्छ । आजको छलफलले २८ गतेदेखि सुचारु हुने अबको अधिवेशन रोकतोक बिना अगाडि लैजान महत्त्वपूर्ण आधार तयार गरेको छ । शंका गर्नुपर्ने आधार देखेको छैन । संसद्लाई समस्या समाधानको थलो बनाउनुपर्छ ।
अवरोधको थलोमा लैजानु हुँदैन । यसमा सबै राजनीतिक दलहरू सचेत हुनुहुन्छ ।’सभामुख घिमिरेले संसद् राम्रोसँग सञ्चालन गर्न दलहरूको भूमिका निर्णायक हुने र आउँदा दिनमा दलहरू गम्भीर हुनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ बैशाख २०८१, १६ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाको अवरोधबारे पाँच दलसँग छलफलमा सभामुख
राज्यले मातृभाषा संरक्षण गर्न आवश्यक नीति बनाउनुपर्छः सभामुख घिमिरे
सभामुखसहित प्रमुख सचेतकहरूको बैठकमा भएन सहमति
विपद् प्रतिकार्यको सचेतना तल्लो तहसम्म पुर्याए क्षति न्यूनीकरण गर्न सकिन्छ : सभामुख घिमिरे
संसद्को अवरोध खोल्न सभामुख र तीन दलका प्रमुख सचेतकबिच जुटेन सहमति
सभामुख घिमिरेले तीन दलका प्रमुख सचेतकहरुसँग छलफल गर्ने