अर्जेन्टिनालाई पहिलो विश्वकप दिलाएका प्रशिक्षकको निधन

सफल खबर संवाददाता

मंगलबार, २५ बैशाख २०८१, १४ : ०९
अर्जेन्टिनालाई पहिलो विश्वकप दिलाएका प्रशिक्षकको निधन

काठमाडौं। अर्जेन्टिनालाई पहिलोपटक विश्वकप फूटबलको उपाधि दिलाएका प्रशिक्षक सेजर लुइस मेनोटीको निधन भएको छ ।उनको ८५ वर्षको उमेरमा हालै निधन भएको अर्जेन्टिनी फूटबल संघ (एएफए)ले जनाएको छ ।

मेनोटीको प्रशिक्षणमा अर्जेन्टिनाले सन् १९७८ मा पहिलोपटक विश्वकपको उपाधि जितेको थियो । सो उपाधि घरमै सम्भव भएको हो ।

मेनोटी अर्जेन्टिनाका पूर्वखेलाडी पनि हुन् । उनले राष्ट्रिय टोलीका लागि ११ खेल खेलेर २ गोल गरेका छन् ।मेनोटीको समययता अर्जेन्टिनाले १९८६ र २०२२ मा गरी थप २ वटा विश्वकप जितिसकेको छ । 

प्रतिक्रिया दिनुहोस