काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले परराष्ट्रमन्त्री भएपछि कहिलेकाहीँ महिनामा २७/२८ दिन पनि बाहिर बस्नुपर्ने हुनसक्ने बताएका छन्।
गत महिना एक साता लामो चीन भ्रमणमा गएको विषयमा राष्ट्रियसभा अन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा कुरा उठेपछि मन्त्री श्रेष्ठले यस्तो तर्क गरेका हुन्।
उनले भने- अस्ति म चीनमा सात दिन भ्रमण गए। सात दिन भन्नुहुन्छ, म गृहमन्त्री भएर गएको होइन, परराष्ट्रमन्त्री भएर गएको हो, परराष्ट्रमन्त्री भएपछि कहिलेकाहीँ एक महिनामा २७/२८ दिन पनि बाहिर बस्नुपर्ने हुनसक्छ।
उनले आफ्नो चीन भ्रमण उपलब्धि मूलक भएको दाबी गरे। चीनसँग कोरोनाअघि जस्तै सबै नाकाहरू सञ्चालन गर्ने सहमति भएको बताए ।
उनले थपे- भ्रमण राष्ट्रिय हितको पक्षमा भयो कि भएन भनेर ? नेपालको सन्दर्भमा दुई वटा छिमेकीसँगको सम्बन्ध नै हाम्रो परराष्ट्र क्षेत्रको सम्बन्ध हो। ती सम्बन्धलाई हामीले ठिक ढंगले मैत्रीपूर्ण सम्बन्ध राख्न सक्यौँ कि सकेनौँ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ।
यस्तै, उनले राजनीतिक नियुक्ति र राजदूतको नियुक्तिको विषयमा पनि सरकारले मापदण्ड बनाएको बताए।
उनले भने- हामीले निश्चित मापदण्ड बनाएका छौँ। यसको सुनुवाइको प्रक्रिया पनि संसदबाटै भइरहेको छ, राजदूतहरूको कार्यसम्पादन मूल्याङ्कन गरेर सरकारको वास्तविक प्रतिनिधित्व गरेको छ कि छैन सरकारको नीति र कार्यक्रम अनुसार काम गरेको छ कि छैन भन्ने आधारमा फिर्ता गर्न सकिन्छ। पठाउने बेलामा सुनुवाइ हुने फिर्ता गर्ने बेलामा नहुने भन्ने कुरा छ, सरकारको प्रतिनिधित्व गरेर भने पठाएका राजदूत फिर्ता गर्न सकिने प्रावधान उपयुक्त हुने भएकाले नै राखिएको छ।
उनले सरकारले बनाएको मापदण्ड कार्यान्वयनमा सरकार र राजनीतिक नेतृत्व गम्भीर हुनुपर्ने बताए।
उनले भने- मापदण्ड बनाए पनि लागू गर्ने त हामी नै हौँ। राजनीतिक नेतृत्व जुन जुन बेलामा सरकार हुन्छ, त्यो नगरीकन। आफू सरकारमा भएको बेलामा एउटा कुरा नभएको बेलामा अर्को कुरा गर्ने प्रवृत्ति छ, त्यसलाई सुधार गरेर माथि उठ्न सकियो भने मापदण्डअनुसार काम गर्न सकिन्छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ बैशाख २०८१, १३ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गठबन्धन सरकार बन्दा अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि सुधार्न मद्दत पुग्यो : परराष्ट्रमन्त्री राणा
परराष्ट्रमन्त्री र मुख्यसचिवसँग नवनिर्वाचित परिसंघ पदाधिकारीको छलफल
परराष्ट्रमन्त्री डा. राणा स्वदेश फिर्ता
जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्री राणाको आग्रह
कुनै पनि व्यक्तिको वैयक्तिक स्वतन्त्रताप्रति मिडिया जिम्मेवार हुनुपर्छ : परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा. राणा हङकङबाट स्वदेश फिर्ता