काठमाडौँ । ललितपुरसहित देशका विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला परेका छन् ।
ललितपुर, गोदावरी नगरपालिका-७ घट्टेकुलोको सडकमा सोही नगरपालिका-७ देउराली घर भएकी ७५ वर्षीया विष्णु माया तामाङ आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।
रुपन्देही, बुटवल उपमहानगरपालिका-८ चौराहास्थित सार्वजनिक शौचालय पछाडि सोही उपमहानगरपालिका-११ बुद्बनगर बस्ने २६ वर्षीय विपिन बिक आइतबार मृत अवस्थामा फेला परेका छन् ।
बैतडी, पाटन नगरपालिका-६ पाटन बजारस्थित दिल बहादुर चन्दको पुरानो कच्ची घरमा बस्दै आएका दाङ भालुवाङ घर भएका २२ वर्षीय दीपेन्द्र घर्ती मगर सोही घरको बार्दलीमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
बागलुङ, बागलुङ नगरपालिका-४ स्थित कालिगण्डकी नदीको किनारमा जैमीनी नगरपालिका-९ धुल्लु घर भई हाल बागलुङ नगरपालिका-४ छिपछिपे ओडारमा बस्ने ४० वर्षीया विष्णु बिक आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ बैशाख २०८१, १३ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीमा सुत्केरी मृत फेला
बराह क्षेत्रमा जंगली हात्ती मृत फेला
बर्दियाको भादा नदीमा बेपत्ता युवक मृत फेला
नेपाल प्रहरीका सई झुण्डिएको अवस्थामा मृत फेला