काठमाडौँ । प्रदर्शन, धर्ना–जुलुस, विरोध लगायतका कार्यक्रमहरूको अनुमति दिँदा ‘सार्वजनिक प्रदर्शन, हडताल तथा विरोधका कार्यक्रमबाट हुने क्षति मूल्याङ्कन सम्बन्धी कार्यविधि, २०८१’ अनुसार दिन गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ ।
मन्त्रालयले उक्त कार्यविधिको पूर्ण रूपमा पालना गर्ने सर्तमा मात्र त्यस्ता कार्यक्रमहरूलाई अनुमति प्रदान गर्न प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको हो । ‘राजनैतिक दल, संगठित संस्था, सरकारी वा गैर सरकारी संघ संस्था, व्यक्ति वा समूहबाट गरिने सार्वजनिक प्रदर्शन, धर्ना–जुलुस, विरोध लगायतका कार्यक्रमहरूको अनुमति दिँदा उक्त कार्यविधिको पूर्ण रूपमा पालना गर्ने सर्तमा मात्र अनुमति दिने व्यवस्था हुन आदेशअनुसार अनुरोध छ’, मन्त्रालयको आइतबारकाे निर्देशनमा उल्लेख छ ।
यसअघि मन्त्रालयले विभिन्न आन्दोलन र विरोध प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्तिको तोडफोड तथा आगजनी गरी क्षति पुर्याएमा आन्दोलनकारीबाटै क्षतिपूर्ति भराउनेसम्बन्धी कार्यविधि स्वीकृत गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ बैशाख २०८१, ११ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निष्पक्ष र निर्भीक भई आचारसंहिता अनुगमन गर्न सहायक प्रजिअलाई गृह मन्त्रालयको निर्देशन
निर्वाचन तयारीबारे आयोग र गृह मन्त्रालयबीच छलफल
सीडीओहरूलाई गृह मन्त्रालयको १० बुँदे सर्कुलर
गृह मन्त्रालयले ओली र दाहालका मापदण्ड विपरीतका सुरक्षाकर्मी फिर्ता बोलायो
अध्यागमन र भिजिट भिसा प्रकरणको प्रतिवेदन गृह मन्त्रालयमा पठाउने निर्णय
विरोधका कार्यक्रम शान्तिपूर्ण ढङ्गबाट गर्न गृह मन्त्रालयको आग्रह