काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जापानी विदेशमन्त्री खामिखावा योकोबीच भेटवार्ता भएको छ । एक दिने नेपाल भ्रमणमा आएकी जापानी विदेशमन्त्रीसँगको भेटवार्तामा दुई पक्षीय हितका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा जापानी विदेशमन्त्री आज काठमाडौं आएकी हुन् । उनले आजै काठमाडौँको वसन्तपुर क्षेत्रको अवलोकन भ्रमण गरेकी थिइन् । त्यहाँ उनले कालभैरव,हनुमानढोका र नेपाली सांस्कृतिक सम्पदा तथा वस्तुहरुको अवलोकन गरेकी थिइन् ।
जापानको विदेशमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो । विदेशमन्त्री योको भ्रमण सम्पन्न गरी आजै राति नेपाल वायु सेवाको विमानमार्फत जापानका लागि प्रस्थान गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ बैशाख २०८१, १९ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसदीय छानविन समितिबारे कांग्रेससँग भोलिसम्म सहमति हुन्छ : प्रधानमन्त्री प्रचण्ड
संसदीय छानबिन समिति बनाउन प्रधानमन्त्री सकारात्मक : कांग्रेस
प्रधानमन्त्री प्रचण्ड, ओली र रविबीच सिंहदरबारमा भेटवार्ता
संसद्मा गृहमन्त्रीलाई बोल्न दिनुस्, समिति बनाउँछौँ : प्रधानमन्त्री प्रचण्ड
सिंहदरबारमा प्रचण्ड र ओलीबिच छलफल
प्रतिपक्षीसँग तत्कालै सहमति गर्न प्रधानमन्त्रीलाई सभामुखको अपिल