विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले विश्वासको मत लिने कि नलिने भन्ने निर्णय गर्ने जिम्मा मुख्यमन्त्री केदार कार्कीलाई नै दिएको छ । एमाले र माओवादीले विश्वासको मत फिर्ता लिँदै सरकारबाट बाहिरिएकाले मुख्यमन्त्री कार्कीले वैशाख २५ गतेभित्र विश्वासको मत लिनुपर्ने छ । त्यसैले आज बिहान संसदीय दलको बैठकमा सम्भावित अवस्थाबारे छलफल भएको थियो ।
बैठकपछि कांग्रेस प्रमुख सचेतक गोपाल तामाङले विश्वासको मत लिने कि नलिने भन्ने निर्णय गर्ने जिम्मा मुख्यमन्त्रीलाई नै दिएको बताए । ‘मुख्यमन्त्री ज्यूले आफूले स्वविवेकमा राजनीतिक निर्णय लिनुहुन्छ कि संवैधानिक निर्णय गर्नुहुन्छ उहाँलाई हामीले छोडेका छौं,’ प्रमुख सचेतक तामाङले भने ।
मुख्यमन्त्रीलाई स्वच्छ अधिकार भएको बताउँदै उनले भने, ‘उहाँले संवैधानिक बाटो रोज्नुहुन्छ भने पनि हामीले सपोर्ट गरेर जानुपर्छ दलको नाताले र उहाँले भोलि २५ गतेभित्र कुनै राजनीतिक बाटो अवलम्बन गर्नुहुन्छ भने पनि हामीले सपोर्ट गर्नुपर्ने हुन्छ ।’
प्रमुख सचेतक तामाङले कांग्रेस नेतृत्वको वर्तमान सरकार जोगाउन उच्चतम प्रयास जारी राख्ने बताए । ‘२५ गतेसम्म अवधि छ विश्वासको मत लिने भनेर । त्यसकारण कांग्रेसले आफ्नो नेतृत्वको सरकार टिकाउनका लागि उच्चतम प्रयास जारी राख्छ,’ उनले भने, ‘संविधानलाई समाएर जे–जे निर्णय गर्न सक्छौं, त्यो गर्छौं ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ बैशाख २०८१, १२ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश होइन, संघ होः गगन थापा
कांग्रेसमा शुद्धीकरण, आत्मसमीक्षा र आत्मविश्वास आवश्यक छ : महामन्त्री थापा
कांग्रेस मधेस प्रदेशले वीरगन्जमा दुई दिन प्रशिक्षण कार्यक्रम गर्ने
संसद्को गतिरोधबारे कांग्रेस-रास्वपा छलफल
संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्न खोज्नु अनुचित : नेपाली कांग्रेस
गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन समिति पनि बन्दैन: कांग्रेस