सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ

सफल खबर संवाददाता

आइतबार, २३ बैशाख २०८१, ०८ : ५८
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै छ ।

उच्च अदालत पाटनमा आजका लागि पेशी तोकिएको छ ।यसअघि गत आइतबार अदालतले आज पहिलो प्राथमिकतामा राखेर मुद्दाको सुनुवाइ गर्न आदेश दिएको थियो ।

जिल्ला अदालत काठमाडौँको फैसलाविरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस